भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं । संघीय प्रहरीको खाकासहितको प्रतिवेदन गृह मन्त्रालयमा पेस भएको छ । ३० वर्षे सेवाहद हटाउने, एसपीसम्म आन्तरिक प्रतिस्पर्धाबाट बढुवा गर्नेजस्ता महत्त्वपूर्ण प्रावधानसहितको संघीय प्रहरीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको हो ।
संक्रमणकालमा अन्दरप्रदेश सरुवा गर्न मिल्ने तथा केन्द्रलाई सुपरिवेक्षणको अधिकार दिनुपर्ने प्रस्ताव प्रतिवेदनमा छ ।
करिब पाँच महिना लामो अध्ययनपछि पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना नेतृत्वको कार्यदलले बिहीबार गृहसचिव नारायणगोपाल मलेगोलाई प्रतिवेदन बुझाएको हो ।
प्रदेशमा अाइजीपी वा निर्देशक
केन्द्रमा गृह मन्त्रालयमातहत नेपाल प्रहरी रहने र त्यसले प्रदेशका प्रहरीहरूबीच समन्वयको काम गर्नेछ, जसको प्रमुख प्रहरी महानिर्देशक हुनेछन् ।
प्रदेश प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षक वा प्रहरी निर्देशक हुनेछन् । महानिर्देशकले सबै प्रदेशका आइजिपीलाई समन्वय गर्नेछन् । त्यसका लागि केन्द्रलाई सुपरिवेक्षणको अधिकार दिन प्रस्ताव गरिएको छ ।
प्रहरीमा जवान, सइ र इन्स्पेक्टर गरी तीन पदमा मात्र भर्नाको प्रस्ताव गरिएको छ । यसअघि असइ पदमा भर्ना हुँदै आएकोमा अब सइ पदमा भर्नाको प्रस्ताव गरिएको हो । इन्स्पेक्टरमा भर्ना हुनेको उमेर बढाएर २८ वर्षसम्म भर्ना लिन सकिने प्रावधान राखिएको छ ।
हाल २५ वर्ष उमेरभित्र मात्र इन्स्पेक्टरमा भर्ना हुन पाइन्छ । जवानमा भर्ना हुन पनि कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने सिफारिस गरिएको छ ।
भर्नामा लिखित परीक्षा लोकसेवा आयोगले नै लिने प्रस्ट प्रावधान छ । प्रदेशले नै आवश्यकताअनुसार भर्ना गर्नेछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top