भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
गायिका अन्जु पन्त आम नेपाली श्रोता तथा दर्शकमाझ चिरपरिचित नाम हो । सांगातिक क्षेत्रमा स्थापित हुन अञ्जुले २० वर्ष सङ्घर्ष गरेकी छन । १५ वर्षको उमेरदेखि गायन यात्रा सुरु गरेकी अन्जुले आजसम्म ५ हजारभन्दा बढी गीतलाई आफ्नै आवाजले सजाइसकेकी छिन् । उनले प्रारम्भिक चरणको सांगितिक यात्राको क्रममा आफूले अहिले पाएको लोकप्रियता कल्पना पनि गरेकी थिइनन् तर आज लाखौं श्रोता तथा दर्शकको माया पाएकी छिन् । गायिका अन्जु पन्तसंग गुड न्यूज अनलाइन संवाददाताको अन्तर्वार्ताः
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
रेकर्डिङ र स्टेज सोमा नै व्यस्त छु ।
मानिसको जीवनमा गीत र सङ्गीतको महत्व ?
धेरै नै छ किनकि दुख पर्दा धेरै जसोले एकाग्र भएर आफ्ना भावनाहरूलाई व्यक्त गरिरहेको हुन्छ । त्यसले हामीलाई आनन्द दिइराखेको हुन्छ । खुसीयालीमा पनि झन् चाहिन्छः नाच्नुपर्यो,गाउनु पर्यो गीतसङ्गीतको नै आवश्यकता पर्छ । त्यसैले हरपल, हरसमय यसको आवश्यकता पर्छ । गीतसङ्गीत बिनाको जीवन अलिगाह्रो नै हुन्छ जस्तो लाग्छ ।
तपार्इंको विचारमा गीत, सङ्गीत, स्वर के हो ?
साधरणतयाः गीत, सङ्गीत र स्वर भनेको त्रिवेणी हो तर यसमा धेरै कुराहरू आबद्ध गरिएको हुन्छ । एउटा सामुहिक कार्य जस्तो टेक्निसियनहरू देखि लिएर सङ्गीतकार, एरेन्जर सबैलाई समेट्नुपर्छ । ती सबैले गरेको कामले कसैको जीवनबचाउन योगदान गरेको हुन्छ।
येशूलाई कसरी विश्वास गर्नुभयो ?
मेरो आवाजलाई सानैदेखि नै गड गिफ्ट भन्थें तर यो सत्य नै रहेछ तर पछि मेरो आवाज जान थाल्यो अनि धेरै उपचार गरें तर केही राहत नभएपछि भारतमा जचाउन जाने तयारी गरें । त्यसपछि म वीरगंज गएँ,शुक्रवार त्यहाँ बसें,शनिवार बिहान त्यहाँको ठूलो हलमा सबैजना बस्यौं । एक,दुईजना हुँदै धेरै मानिसहरू आउनथाले। सबैले मलाई चिने तर म कसैलाई पनि चिन्दैनथें । सानो बुबाले मलाई सल दिएर घुम्टो लगाऊ भन्नुभयो । अनि एकैछिन पछि त्यहाँ केके हुनथाल्यो । भजनगाउने, प्रार्थना गर्ने अनि वचन पनि सुरुभयो अनि मैले थाहापाएँ, मेरो सानोबुबा र सानीआमा पास्टर हुनुहुँदो रहेछ । पास्टरबाले मलाई छोएर प्रार्थना गरिदिनुभयो । “परमेश्वर बुबा,तपाईंले बनाउनु भएको सुन्दर सृष्टि कसैले पनि तहसनहस गर्न नसकेको होस्” भनेर प्रार्थना गरिदिनु भयो । त्यो शब्द सुनेपछि म धेरै रोएँ । बेलुका संगतिमा भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । “महान् ईश्वर विचार्छु काम तपाईंको…”भजन गाएको त मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्नथालें, त्यसपछि मैले ग्रहण गरें, मेरो जीवनमा आशिषहरू आउनथाले । म निकै खुसीभएँ,कति मानिसले बुढेस कालमा पनि साँचो परमेश्वरलाई चिन्न सकेका हुँदैनन् तर मैले चाहिँ आधा जीवनमा आएर भएपनि मैले परमेश्वरलाई चिन्न मौका पाएँ
भजन गाउँदा र सामान्य गीत गाउँदाको फरक अनुभव ?
जिन्दगीमा धेरै गीत गाइयो । त्यसमाकुनै पात्रलाई सम्झेर र गीतको शब्द र सङ्गीतले के भन्न खोजेको छ,त्यसमाल ज्यान भर्ने कोसिस
हुन्छ । कामको स्वरूपले अनुभव गरेर गरिन्छ तर भजन गाउँदा चाहिँ नितान्त रूपमा परमेश्वरलाई हृदयको फूल चढाएर, उहाँलाई समर्पित गरेर उहाँको नजिक भएको अनुभव गर्छु । मसँंग परमेश्वरले कुरा गर्नु भएको जस्तै अनुभव गर्छु ।
पहिले र अहिलेको जीवनमा के फरक पाउनुभएको छ ?
पहिले मेरो जीवन झुसिल किराको जस्तो लाग्थो तर अहिले येशूलाई विश्वास गरेपछि किराबाट रङ्गींविरङ्गी पुतली जस्तै भएको आनन्दित भएको छु । मुक्ति पाएको छु ।
आफू इसाई हुँ भनेर अरूलाई चिनाउनुहुन्छ ?
मलाई आफू साँचो परमेश्वरको जन हुँ भनेर भन्न धेरै गर्व लाग्छ । म त जहाँगए पनि भन्छु । मैले पाएको मुक्ति, आनन्द सबैले पाएको चाहन्छु ।
त्यसो भए सुसमाचार कत्तिको सुनाउनुहुन्छ ?
सुनाउने काम हाम्रो हो,त्यसैले म सुनाउँछु । मेरो फिल्डमा मात्र होइन,बाहिर पनि सुनाउने काम गर्छु । ठूलाठूला स्टेज कार्यक्रममा पनि हजारौंको समूहमापनि सुनाउन पछि पर्दिनँ । मैले पाएको मुक्ति, खुसी, आनन्द र अनन्त जीवनको बारेमा सबैलाई भन्छु ।
बाइबल कत्तिको पढ्नुहुन्छ ?
घरमा सधैं पढ्छु अनि बाहिर जाँदा सधै ब्यागमा सानो बाइबल बोकेर हिँड्छु र मोबाइलमा पनि छ । त्यसैले हिँड्दाहिँड्दै पनि बाइबल पढ्छु ।
कण्ठगर्नु भएको कुनै पद ?
पदहरू त धेरै नै छन् तर योचाहिँ धेरै मन छुने प्रकारको छ । इजिकिएल ३६ः२६, “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछुर तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु । तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदयदिनेछु ।”
सफल गायक बन्न के गर्नुपर्छ ?
मुख्य कुरा धैर्यता, नम्रता र लगन शीलतालाई भुल्नुहुन्न । यी कुरालाई साथसाथै लानुपर्छ ।
अन्तमा
संसारमा माया प्रेममा भुल्ने धेरै छन् तर हामी चेतनशील प्राणी भएकाले समयमा नै हामीलाई सृष्टि गर्ने परमेश्वरलाई विश्वास गरौं ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment