भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २५, उदयपुर / उदयपुरमा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला दाम्लोमा बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमाएकी त्रियुगा नगरपालिका–५ स्थित भातिखर्ककी २२ वर्षिय सृजना कार्की (खड्का) विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधिएर वस्न बाध्य छिन् ।
झुप्रो घर, मक्किएका बाँसका भाटाले घेरावेरा गरेपनि जताततै भ्वाङ्गै भ्वाङ्ग रहेको, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर राखेकी ति महिलाको अवस्था कारुणिक रहेको छ ।
गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार, सुसार र खानपीनमा विशेष पोष्टिक आहारको आवश्यकता पर्छ । तर ति महिला उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी छिन् ।
गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्नीमा परेकी हुन् । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिडे पछि बृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए । उनले भने ‘छोरा कहाँ गयो गयो अत्तो पत्तो छैन विरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईत पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भने ‘बुहारी विरामी भएको यत्रो दिन भयो तर जन्म दिने बुबा, आमा त भेट गर्न आउनु पर्ने हो उनीहरु पनि आएका छैनन ।’
विरामीलाई २०७१ जेष्ठ महिनामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्न भनेपनि आर्थिक अभाव भएकाले पुनः पाटन लैजान सकिएको छैन, न्याउरो मुख लगाउदै खड्काले गुनासो गरे । ‘एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन’ भिमबहादुरले भक्कानिदै भने । सृजना गर्भधारण गरेको पहिलो पटक हो ।
गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन् ‘हामी अधिकारकर्मीहरुको पहलमा बैठक बसेर मानसिक सन्तुलन गुमाएकी गर्भवति महिलाको विषयमा के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने छौ ।’
स्रोत: पुर्बेलीन्युज

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top