भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौ । हृदयाघातका विरामी जसले छ महिनासम्म माछा तेलको सप्लिमेन्ट उच्च मात्रामा लिए, उनीहरुको मुटुले राम्ररी काम गरेको तथा त्यसमा दाग कम देखिएको अनुसन्धानबाट पत्ता लागेको छ ।ओमेगा-३ नामक फ्याट्टी एसिडको सप्लिमेन्टले यो समस्या कम गर्न कसरी सहयोग पुर्यायो भन्ने यकिन जानकारी नभएपनि यसबाट आएको नतिजा उत्साहजनक रहेको अध्ययनका वरिष्ठ लेखक डा. रेमण्ड कोङ्ग बताउँछन् । उनी ब्रिमिङ्गहाम तथा उमन्स अस्पतालस्थित कार्डियाक मेग्नेटिक रिसोनेन्स इमेजिङ्गका निर्देशक हुुन् ।
उनको अध्ययनमा ३६० जना हृदयाघातका विरामीलाई छ महिनासम्म निगरानीमा राखिएको थियो । उनीहरुमध्ये आधालाई छ महिनासम्म चार ग्राम ओमेगा-३ नामक फ्याटी एसिडको सप्लिमेन्ट दिइएको थियो भने बाँकी आधालाई प्लेसबो पिल्स दिइएको थियो ।त्यसमध्ये टि्रग्लिस्लेराइड (एक प्रकारको रगतमा पाइने बोसो) का विरामीलाई मात्र चिकित्सकले दिनमा एक देखि दुई ग्राम ओमगा-३ फ्याटी एसिडको सप्लिमेन्ट प्रदान गरेको थियो, क्वाङ्गले भने ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताले मुटुको एमआरआईद्धारा के पत्ता लगाएका थिए भने दैनिक चार ग्राम ओमेगा -३ फ्याटी एसिडको प्रयोगले विरामीको मुटुको गति तथा मुटुको नबिग्रेको अंगमा भएको दाग (स्कारिङ्ग) दुवैमा छ प्रतिशतले सुधार आएको थियो ।‘थप अध्ययनका लागि हामीलाई अब के अध्ययन गर्न जरुरी छ भने ओमेगा-३ को अधिक सेवनले मृत्युदरलाई कसरी कम गर्न सक्छ । हामीले हृदयलाई छ प्रतिशतले सुधार र छ प्रतिशतसम्म दाग कम गर्ने भन्दा अरु के सुधार गर्न सक्छौ ?’, क्वाङ्गले प्रश्न गरे ।
क्यालिफोर्निया, लस एञ्जलसस्थित क्यालिफेार्निया विश्वविद्यालयका कार्डियोलोजी प्राध्यापक डा. ग्रेग फोनारोले पुर्व अध्ययन जसमा हृदयाघात पश्चात्त विरामीलाई ओमेगा -३ फ्याटी एसिडको कम डोज दिइएको थियो, त्यसमा मिश्रति परिणाम देखिएको छ । र ओमगा-३ फ्याटी एसिडले कसरी विरामीको हृदयमा सुधार गर्न सक्छ भन्ने विषय ‘वृहत वहसको विषय बनेको छ’, उनले भने ।
‘(नयाँ) अध्ययनले दिएको सुझाव अनुसार दैनिक चार ग्राम आमेगा-३ फ्याटी एसिडको सप्लिमेन्टले हृदयघात पश्चात्त मुटुलाई पुरानै अवस्थामा ल्याउन मद्दत गर्छ र थप अध्ययन गर्न अनुमति दिन्छ’, फरानोले भने ।कोङ्गले ओमगा-३ फ्याटी एसिड तथा हृदयाघात निको पार्ने बारे गरिने अध्ययनले उच्च डोजले किन सकारात्मक परिणाम उत्पादन गर्छ भन्ने पत्ता लगाउने विश्वास गरे ।
उनले सुधारिएको एमआरआई प्रविधिमार्फत हृदयको गति र माशंपेशीको विगि्रएको भाग नजिकबाट नियाल्न सम्भव भएकोले थप अध्ययन गर्न प्रेरित भएको बताए ।ओमेगा -३ फ्याटी एसिडले मुटुलाई सजिलोसित खुम्चन तथा मुटुको सुन्निएको भागलाई कम गर्न मद्दत गर्ने कोङ्गलेे उल्लेख गरे ।माछाको तेल परापुर्व कालदेखि उच्च रक्तचाप कम गर्न, जलन तथा सुन्निएको कम गर्न, अनियमित धडकनलाई नियमित गराउन तथा रगत जम्ने समस्या कम गर्न मानिसहरुले प्रयोग गर्दै आइरहेका छन् ।
साल्मन, टुना, ट्राउट, सार्डिन्स लगायतका माछा ओमगा-३ को राम्रो स्रोत भएको अमेरिकन मेडिकल एशोसियसनले जनाएको छ । ओमेगा-३ नामक माछाको तेलमा शरीरलाई आवश्यक पर्ने फ्याटी एसिड पाइन्छ, जुन आफै उत्पादन हुँदैन ।
ओमेगा-३ को अधिक सेवनले हृदयघातको असरलाई कम गर्न सक्छ भन्ने गरिएको खोज रिस उठ्दो छ, कोङ्गले भने, यद्यपी यस अनुसन्धानले उच्च डोजको ओमेगा-३को प्रयोगले हृदयघात पश्चात्त हुने मृत्युको जोखिमलाई कम गर्न सक्छ भनेर प्रमाणित गर्न यो डिजाइन तयार पारिएको हैन ।‘हाम्रो अध्ययन मृत्यसँग सम्बन्धित छैन’, कोङ्गले विस्तृतमा भने ,’ यो समग्रमा माछाको तेलबारे बुझन् र मुटुलाई सुधारिएको एमआरआई प्रविधिमा गरिएको एउटा प्रयोग थियो । यसले थप अध्ययनका लागि अवसर खोलेको छ’ ।
भविष्यमा ओमेगा-३ बारेको अध्ययन जसरी बाहिर आएपनि, हृदयाघातका विरामीले आˆनो खानपानमा विशेष ध्यान दिन, व्यायाम गर्न तथा तनाव कम गर्ने उपाय अपनाउन अझै पनि जरुरी रहेको कोङ्ग बताउँछन् । मानिहरुले यस्ता सप्लिमेन्ट लिनु पुर्व आˆना चिकित्सकसित परामर्श गर्नु आवश्यक छ ।अमेरिकाको नेशनल हार्ट, लंग्स तथा व्लड इन्स्टिच्युडको आर्थिक सहयोगमा गरिएको यो अध्ययन ‘सर्कुलेशन’ नामक जर्नलमा अगस्ट २ मा प्रकाशित छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top