भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

अर्जेन्टिनाका नव नियुक्त प्रशिक्षक इडगार्डो बाउजा अर्को साता लियोनल मेस्सीलाई भेट्न बार्सिलोना जाने भएका छन् । जुनमा २९ वर्षीय मेस्सीले कोपा अमेरिका कपको फाइनल खेलमा चिलीसँग पराजित भएपछि अन्तराष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए ।
राष्ट्रिय टिममा आफ्नो भविष्यबारे लियोनल मेस्सी प्रशिक्षक बाउजासँग कुरा गर्न इच्छक रहेको बताइएको छ ।
पुर्व प्रशिक्षक जेरार्डो मार्टिनोले प्रशिक्षक पदबाट राजीनामा दिएपछि उक्त पदमा बाउजा आएका हुन् । उनी प्रशिक्षक पदमा नियुक्त हुने बित्तिकै बलियो राष्ट्रिय टोली निर्माणका लागि लागिपरेका छन् ।
बाउजाले फक्स च्यालनलसँग मेस्सी तथा उनको परिवारसँग कुनै कुराकानी नभएको बताएका छन् ।
उनले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्काउन सम्झाउनुभन्दा पनि फुटबलबारेमात्र छलफल गर्ने बताएका छन् ।
उनका अनुसार फुटबल फाइनल खेलपछि जो जो खेलाडी निराश भएका छन् उनीहरुलाई आफुले खेलाउने फुटबल ट्याक्टिसबारे जानकारी गराउनु हो । मेस्सीले आफ्नो कुरा बुझेर मैदानमा सोही अनुरुप खेल्न सक्नुपर्छ भन्दै उनले भने,‘उसले मैदानमा देखाउने कला हो । मैले सिकाउने हो । हामीले राष्ट्रिय टोलीलाई अर्को उचाईमा पुर्याउन सक्छौ ।’

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top